खेलकुदको बिकास र प्रबर्द्धनका लागि कोशी प्रदेश प्रहरी खेलकुद समिति र डि.एन.ग्रुफ अफ कम्पनी प्राईभेट लिमिटेड विच सम्झौता भएको छ ।
कार्तिक २९ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा भएको सम्झौता कार्यक्रममा कोशी प्रदेश प्रहरी खेलकुद समितिको तर्फबाट प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ र डि.एन.ग्रुफ अफ कम्पनी प्राईभेट लिमिटेडको तर्फबाट प्रोप्राईटर दिपक काफ्लेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन।
कोशी प्रदेश प्रहरी खेलकुद समिति अन्तरगत रहेका खेलकुद प्रशिक्षक एंव खेलाडीहरुको दुर्घटना बीमा, खेलकुद सम्वन्धी आवश्यक सामाग्रीहरु र खेलाडीहरुको लागि आवश्यक अतिरिक्त पोषणयुक्त खाजाको प्रायोजनका निमित्त डि.एन.ग्रुफ अफ कम्पनी प्राईभेट लिमिटेडले एक बर्षका लागि ५ लाख ५० हजार रकम कोशी प्रदेश प्रहरी खेलकुद समितिलाई उपलब्ध गराउने सम्झौता अनुसार कम्पनीका प्रोप्राईटर दिपक काफ्लेले प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छ्न ।
कार्यक्रममा कम्पनीका प्रोपाईटर दिपक काफ्लेले कोशी प्रदेश प्रहरी खेलकुद समितिलाई निरन्तररुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए भने उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले कोशी प्रदेश प्रहरी खेलकुद समितिलाई सहयोग गर्नु हुने डि.एन.ग्रुफ अफ कम्पनीलाई हार्दिक आभार व्यक्त गर्नुका साथै यो सहयोगले खेलाडीहरुमा थप हौशला प्रदान हुने र आगामी दिनहरुमा उच्च मनोवलका साथ खेलमा प्रदर्शन गरी आफ्नो र संगठनको छवि उच्च बनाउनेमा आफु बिश्वस्त रहेको बताए ।