अजेन्द्र वाईबा तामाङ
मंसिर १, शनिबार पाँचथर । एथलेटिक्स संघ पाँचथरले सार्वजनिक सुनाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेकोछ ।
शनिबार आनि कफि हाउस फिदिममा अयोजित कार्यक्रममा गत कार्तिक १५ गते फिदिम नगरपालिका–९ लुम्फाबुङमा आयोजना गरेको श्रेया लावती मिनी म्याराथनमा पुरुषतर्फ पाँचथरका ओसन राईले पुरुषतर्फ निर्धारित ८ किलोमिटर दूरी ३१ मिनेटमा पार गरेर प्रथम भएका थिए भने भोजपुरकी मिहा राईले महिला तर्फ ५ किलोमिटर दूरी २५ मिनेटमा पार गर्दै प्रथम भएकि थिइन् । त्यस्तै प्रतियोगितामा पुरुष तर्फनै नेपाल आर्मीका सञ्जय राई र ताप्लेजुङका सञ्जय लिम्बू दोस्रो र तेस्रो भएका थिए ।
दुवै खेलतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः नगद १२ हजार, ९ हजार र ४ हजारका दरले पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरेको अध्यक्ष पुर्णहाङ तुम्बापाेले जानकारी दिए।
श्रेया लावती स्मृति मिनी म्याराथन खुल्ला पुरुष तथा महिला मिनी म्याराथन प्रतियोगीताबाट कुल १ लाख १४ हजार ८ सय उठेको र खर्च ७३ हजार ४ सय २५ रुपैया खर्च भएको र बचत ४१ हजार ३ सय ७५ रुपैयाँ बचत भएको एथलेटिक्स संघ पाँचथर कि आर्थिक संयाेजक आयुष्मा लिङगाली मगरले जानकारी दिनु दिइन् ।
श्रेया लावती स्मृति मिनी म्याराथन – २०८१ खुल्ला पुरुष तथा महिला मिनी म्याराथन प्रतियोगीता अब प्रत्येक बर्ष संचालन गर्दै जाने र वडा र स्थानीय सरकारले पनि सहयोग गर्नु पर्ने कार्यक्रम ब्यबस्थापक हरि सुबेदीले जानकारी दिए ।
श्रेया लावती स्मृति मिनी म्याराथन – २०८१ को खुल्ला पुरुष तथा महिला मिनी म्याराथन प्रतियोगीताकाे आर्थिक सार्बजनिक सुनाई कार्यक्रममा लब्रेकुटि पर्यटन बिकास अध्यक्ष धुर्ब तुम्बापाे र श्रेया लावतिकाे बुबा लालध्वज लावति लगायतको उपस्थिति रहेको थियो ।