घर बिहिन श्रेष्ठलाई सेना द्वारा निर्मित घर हस्तान्तरण -Drishya Online



अजेन्द्र वाईबा तामाङ
मंसिर ३ साेमबार, पाँचथर। पाँचथरको फिदिम नगरपालिका ११ सेजेपाका प्रेम प्रसाद श्रेष्ठलाई सेनाका जवानहरु द्वारा घर निर्माण गरि हस्तान्तरण गरिएको छ । सोमबार सोमबार फिदिम २ मा रहेको रणशेर गणका प्रमुख सेनानी निराज प्रताप राणाकाे उपस्थितिमा उक्त घर हस्तान्तरण गरिएको हो ।

गत असाेज १२ गतेको अविरल वर्षाको कारण फेमे खाेलामा आएको बाढीले श्रेष्ठको घर बगाए पछि घर बनाउन नसकेर उनी घरबिहिन भएको थिए । महिना दिन बितिसक्दा पनि आर्थिक अवस्था कम्जोर भएकाेले घर बनाउन नसकेपछि जनसेवा समाज पाँचथरको समन्वयमा रणेश्वर गण फिदिम २ को सेनाकाे जवानहरु द्वारा घर निर्माण गरिएको थियो ।

श्रेष्ठ आर्थिक अवस्था कमजोर साथै अपांगता समेत भएकाले गर्दा बाढीले घर बगाएपछि बिचल्लीमा परेका थिए । तर, फिदिम नगरपालिका २ निवासी समाज सेवी शंकर थापाबाट रु.१० हजार , फिदिम नगरपालिका १ का व्यावसायि गजेन्द्र थापाबाट रु.६ हजार, झर्ना पेट्रोल पम्पका संचालक राजकुमार जाेशिबाट रु.१० हजार , फिदिम नगरपालिका ११ निवासी समाजसेवी आशिश आङ्बोबाट रु.१५ हजार र जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारी बाट रु.५५ सय गरेर जम्मा रु.४६ हजार ५ सय रुपैयाँ संकलन भइ सो घर निर्माण भएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा फिदिम नगरपालिका ११ का वडा अध्यक्ष राजेन्द्र कुमार थापा, जनसेवा समाजका उपाध्यक्ष चन्द्र बहादुर जबेगु, समाजसेवी आसिश आङ्बो, सामुदायिक वन उपभोक्ता समिति पाँचथरका अध्यक्ष राजेन्द्र काफ्ले लगायत स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।

पाँचथर सेवा समाजकाे समन्वयमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो।

त्यस्तै रणशेर गण ले यसरी बिपत्तिमा परेका र आर्थिक अबस्था कम्जोर भएका परिवारलाईहरुलाई घर निर्माण तथा अन्य सहयोग समेत गर्दै आएका छन् ।

श्रेष्ठले नयाँ घर पाए पछि जनसेवा समाज, रणशेर गण फिदिम र सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे । उक्त घर हस्तान्तरण कार्यक्रमलाई सहजिकरण गर्दै संचालन कमल बास्काेटाले गरेका थिए।