लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सुरु




सुनसरीको इटहरीमा विभिन्न स्थानीय तहहरुमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्र आज सोमबारदेखि सुरु भएको छ ।
‘हामी सबैको प्रतिबद्धतास् लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको अवसरमा इटहरीमा १६ दिने अभियान कार्यक्रम सुरु गरिएको हो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम इटहरी उपमहानगरपालिकाको परिसरबाट सुरु भएको प्रभात फेरी इटहरी हटियालाईन राधाकृष्ण मन्दिर हुँदै विपी चौक, आइतबारे, इटहरी मुख्य चौक हुँदै पुन उपमहानगरपालिका परिसरमा टुङ्गिएको थियो ।
इटहरी उपमहानगरपालिकाको आयोजनामा , इलाका प्रहरी कार्यालय इटहरी, मानव कल्याण समाज, माया घर नेपाल, श्रमिक महिला साझा मञ्च, महिला सञ्जाल इटहरी, ज्येष्ठ नागरिक समन्वय समिति इटहरी, माइती नेपाल लोकतन्त्र र न्यायका लागि आमा समूहलगायत विभिन्न संस्थाका प्रतिनीधिहरुको उपस्थितिमा हिंसाविरुद्धको प्रभातफेरिको आयोजना गरि मनाईएको हो ।