नेपालको थाङ्का चीन, सिङ्गापुरसम्म निर्यात




धरान : बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै आएका छ्न ।
विगत २० वर्षदेखि थाङ्का बनाउँदै आएका उनले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाएका छ्न ।
उनले भने, थाङ्का चित्र ‘बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ । घर खर्च यसैबाट जुटाउने गरेको छु । धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ ।’ तर, यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौँका साथै चीनको तिब्बत, हङकङ, , सिङ्गापुर,अमेरिकालगायत देशमा बिक्री हुने गरेको उनले बताए ।
‘थाङ्का चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेको उहाँ बताउनुहुन्छ । विदेशीले थाङ्का चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने गरेको उनको भनाई छ ।
अहिले १० जनालाई रोजगारी पनि दिनु भएको छ । उनिसंग थाङ्का बनाउन सिकेकाहरू वैदेशिक रोजगारीमा गएका छन् चित्र कोर्न सिक्नेको लागि पनि एउटा राम्रो ठाउँ बनेको उनको भनाई ।
एउटा थाङ्का चित्र बनाएर पहिलोपटक ५० हजारमा बिक्री गरे पछि व्यावसायिक रुपमा काम थालेका उनले चार हजारदेखि पाँच लाखसम्मका थाङ्का बिक्री गर्दै आएका छ्न ।