समाजवादी महिला संघ झापाको रुपान्तरण सम्पन्न – अध्यक्षमा चिजा



झापा ,१९ मंसिर । जनता समाजवादी पार्टीको भात्री संगठन समाजवादी महिला संघ झापा जिल्ला समितिको रुपान्तरण सम्पन्न भएको छ ।

बुधबार बिर्तामोड स्थित लाहुरे होटलको सभा हलमा आयोजित भेलाबाट चिजा राईको अध्यक्षतामा १५ सदस्यीय रूपान्तरित जिल्ला समिति निर्माण भएको जसपा झापा अध्यक्ष समर कुमार राईले बताए ।

रूपान्तरित समितिको उपाध्यक्षमा सोनी मुखिया र मिठुमाया सार्की चयन भएका छन् । त्यस्तै सचिवमा दिपा आङदेम्बे, उप-सचिवमा दिपा राई, पूर्णमाया मगर र कोषाध्यक्षमा धनकुमारी राई चयन भएकी छन् ।


पार्टी उपाध्यक्ष तथा संघीय सांसद सुशिला श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्लास्तरिय भेलामा पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य, प्रदेश सह-इन्चार्ज तथा प्रदेश सांसद निर्मला तावा, केन्द्रीय सदस्यहरु धनप्रसाद गुरुङ, कृष्ण उदास, चन्द्रा थापा, प्रदेश सचिव राम माण्डुपा लगायत प्रदेश र जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।

क्रार्यक्रम समाजवादी महिला संघकी प्रदेश कोषाध्यक्ष तथा झापा जिल्ला संयोजक विनिता राजवंशीको अध्यक्षता सम्पन्न भएको थियो ।