धरान,अन्तर विद्यालय ५ के रन दौड प्रतियोगितामा छात्रा तर्र्फ सिंगेश्वरी माध्यमिक विद्यालय भोजपुरको जुही राई र छात्र तर्र्फ सोही विद्यालयको ईश्वर राई प्रथम भएका छ्न ।
शनिबार धरानमा भएको लियो क्लब अफ विजयपुर धरानले आयोजना गर्दै आएको तेस्रो संस्करणको रनमा कक्षा ७ देखि १० सम्मका छात्र तर्र्फ ईश्वर १४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गर्दै विजेता बनेका हुन, छात्रा तर्फ जुही १८ मिनेट ११ सेकेण्डमा दौड पुरा गर्दै विजेता बनेका हुन ।
छात्र तर्र्फ ज्वालामुखी विद्यालयका सुवास कुमार बि.क.ले १४ मिनेट ५० सेकेण्डमा दौड पुरा गर्दै दोस्रो भए । धरान आदर्श विद्यालयका विनोद राई १५ मिनेट ३२ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भए। यसैगरी छात्रा तर्र्फ सिंगेश्वरी माध्यमिक विद्यालय भोजपुरकै विनिता राईले १९ मिनेट ११ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो भएका छन भने डिपोट स्कुलका दृष्टी राईले २० मिनेट ८ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भए।
यसैगरी कक्षा ११ देखि १२ का छात्र तर्फ हिमालयल मा.वी.दमकका ओसन राईले १३ मिनेट ३८ सेकेण्डमा दौड पुरा गर्दै विजेता बनेका थिए भने छात्रा तर्र्फ सरस्वति मा.वी.ईलामको पुष्पा शेर्मा लिम्बुले १६ मिनेट ४८ सेकेण्डमा दौड पुरा गर्दै विजेता बनेका हुन ।
त्यस्तै छात्र तर्र्फ निकेतन विद्यालय धरानका पुकार लिम्बुले १३ मिनेट ५४ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो भए । मेघा स्कुल धरानका कालुमान राई १३ मिनेट ५७ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भएका छ्न । यसैगरी छात्रा तर्र्फ पब्लिक हाई स्कुलको दिक्षा राईले २० मिनेट ८ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो भएका छ्न भने आदर्श मा.वी.का रिना खाङले २३ मिनेट ३२ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भए ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने धावक, धाविकाहरूलाई क्रमशः ९ हजार, ७ हजार र ५ हजार रुपैयाँ सहित मेडल र उपहार धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र विक्रम बेघाले प्रदान गरेका थिए ।
पुर्वका सबै विद्यालयहरुबाट करिब १ हजार विद्यार्थीहरुको सहभागीेको रहेको थियो । दौडको रुट भानु चोकबाट पुतली लाइन हुँदै कल्याण चौक, पानीटंकी, चतरा लाइन, छाता चोक, सिंहदेवी, पुरानो बजारबाट देशीलाईनहुँदै भानु चौक आएर नै समापन भएको थियो ।
अन्तर स्कुल ५ के रन सन २०२२ देखि सुरु भएको हो । पहिलो पटक भएको प्रतियोगितामा ७ सय जना स्कुले धावक, धाविका सहभागी थिए । दोस्रो प्रतियोगितामा ७५० जना सहभागी रहेको आयोजक क्लबका प्रेसिडेन्ट प्रदोस अधिकारीले बताए ।