धरानको समृद्धिमा मेरो साथ रहन्छः पूर्व मन्त्री कार्की




धरानः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले धरानको समृद्धिमा आफ्नो साथ रहने बताएका छन् । सुनसरी क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य समेत रहेका कार्कीले १ नं. क्षेत्रीय कार्यसमितिले धरानमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो ।
भेटमा पूर्व मन्त्री कार्कीले धरानको समृद्धिसंग जोडिएका विकास योजनाहरु लिएर आउनुस् भन्दै त्यसमा साथ दिने बताए । अनुशासन र विधि–विधानमा रहेर पार्टीको निर्णय कार्यान्वयन गर्न सुझाउंदै जनताका सुःख–दुःखमा हमेशा अग्रसर रहन आग्रह गरे । क्षेत्रीय सभापति सुजेन्द्र तामाङले स्थानीय पार्टी गतिविधि, आन्तरिक सांगठानिक कृयाकलाप र अवस्थाका साथै कांग्रेस सरकारमा सामेल भएका बखत् धरानको खानेपानी समस्या र हाईवे सम्बन्धि समस्याले ठोस निकास पाउनुपर्नेमा जोड दिए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको भेटघाट तथा अन्तरक्रियामा पूर्व महासमिति सदस्य तथा प्रजातन्त्र सेनानी कृष्णप्रसाद सुवेदी (बहुदल कान्छा) र धरान नगर सभापति श्याम पोखरेलले सहभागीहरुको तर्फवाट विभिन्न विचार र जिज्ञासा राखेका थिए ।