धरान ः १९ औ अम्मर ललित डिपो कप २०८१ को तयारी पुरा भएको छ । यही पुस १२ गतेदेखि सुरु हुने अम्मर ललित डिपो कपको तयारी पुरा भएको आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो ।
धरान १८ स्थित डिपो स्कुलले सञ्चालन गर्दै आएको ललित अम्वर डिपो कपमा कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने विद्यालयका प्रधानाध्यपक राजकुमार राईले जानकारी दिए ।
१२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुुने प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने छन् ।उक्त प्रतियोगिताका विजेताले नगद रु.११ हजार १ सय ११ रुपैया, दोश्रोले नगद रु.७ हजार १ सय ११ र तेस्रो हुनेले नगद रु.५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सानै उमेर खेलकुदमा रुची राख्ने बालबालिकालाई प्रोत्सोहान गर्न प्रतियोगिता नियमित गदैं आएको आयोजकले जनाएको छ ।
विद्यार्थीहरुलाई शिक्षा संगै अतिरिक्त क्रियाकलापमा सहभागिता गराई उनिहरुमा भएको प्रतिभालाई प्रोत्साहन गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्वरवहादुर लिम्वुले बताए । उनले भने, सानै उमेरमा खेलकुदमा रुची राख्ने बालबालिकालाई प्रोत्सोहानसंगै प्रतियोगिताको आयोजनाले विद्यालयहरुमा आपसी भाइचारा समेत वढ्ने छ ।
प्रतियोगिताको उद्धघाटन सुनसरी फुटवल संघका अध्यक्ष नविन राईले गर्ने कार्यक्रम तया भएको आयोजकले जनाएको छ । यस्तै नटआइट खेलमा आउट हुनेहरुको लागि स्व. दिलबहादुर प्लेट च्याम्पियन पनि हुने आयोजकले जनाएको छ ।
सहभागि टिमहरु,