धरान । धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा आज आइतबार गायीका ज्योती मगरको प्रस्तुती रहने भएको छ । धरान १५ स्थित बगरकोटमा आज साँझ ८ बजे गायीका मगरलाई प्रस्तुत गरिने नेचर क्लव धरानका अध्यक्ष कृष्ण राईले जानकारी गराए ।
गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन मूल नाराका साथ पुस ७ गते प्रारम्भ भएको महोत्सवको आठौं दिन आइतबार दर्शकहरुको मागका आधारमा नेपालकै सबैभन्दा बढी रुचाइएका युवा पुस्ताका गायीका ज्योती मगरलाई धरान ल्याइएको राईले बताए ।
प्रत्येकदिनजसो चर्चाका गायकहरु महोत्सवमा उतारिरहेका क्लवले सोमबार अनमोल गुरुङ, (कालिम्पोङ) मंगलबार समिर श्रेष्ठ (फिचरिङ गुड बोइज) बुधबार नयाँ वर्षको अवसरमा ट्राइवलरेन र वर्षा कर्माचार्यलाई प्रस्तुत गर्न लागिएको महोत्सवका संयोजक दिपचन्द्र राई (कान्छी) ले बताए ।
धरान उपमहानगर १५ नम्बर वड समितिको संयोजनमा पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेचर क्लव धरान, निशान त्रिभ्याली टोल विकास संस्था मूख्य आयोजक र त्रिवेणी महिला समुह सह आयोजक रहेको संयोजक कान्छीले बताए ।