धरान उपमहानगरपालिका ७ बाट लागू औषध ट्रामाडोल ट्याब्लेटसहितका लागुऔषध कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान ७ स्थित कोशी राजमार्गमा विशेष सूचनाको आधारमा लागु औषधसहित पाँच जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका . १२ का १८ वर्षीय मुकेश गुप्ता, २२ वर्षीय दिपसन राई, १८ वर्षीय पुजन यादव, धरान १९ का २१ वर्षीय रोहित कार्की र सोही ठाउँ बस्ने १९ वर्षीय अनुराग राईलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुको झोला चेकजाँच गर्दा झोला भित्रबाट प्रतिबन्धित औषधी स्पासपेन–३०० ट्याब्लेट र लागुऔषध ट्रामाडोल–३०० ट्याब्लेट भेटिएकाले नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।
पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए।