आफूलाई सामाजिक अभियन्ताका रुपमा आफुलाई चिनाउने आशिका तामाङ पक्राउ परेका छ्न ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले अभद्र व्यवहार मुद्दामा आशिकालाई पक्राउ गरिएको बताए ।
उनलाई पशुपति मन्दिर परिसरमा प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अहिले उनलाई महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ !
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गरि हिरासतमा लिएको हो ।
आशिकालाई मुलुकी फौजदारी संहिताअनुसार पक्राउ गरेर कारबाही अघि बढाइएको छ ।