फिदिम । पाँचथरको सदरमुकाम फिदिममा राष्ट्रीय स्वतन्त्र पार्टी ( रास्वपा) ले खबरदारी सभा आयोजना गरेको छ ।

शनिवार रास्वपा जिल्ला कार्यसमितीको आयोजनामा झण्डा र घण्टी बजाउदै शान्तिपुर्ण र्यालीद्वारा नगर परिक्रमा पछि जिल्ला समन्वय समितिको सभाहलमा खबरदारी सभा सञ्चालन गरिएको थियो ।
रास्वपा पाँचथर जिल्ला कार्य समितिले फिदिम नगरपालिका भित्र देखिएका अनियमितता, सांघिय सरकारबाट भईरहेको अनियमितता, भ्रष्टाचार, पार्टी सभापती रविलामिछाने माथि सरकारले साधेको दुश्मनी, पाँचथर जिल्ला भित्र अधुरा रहेका विकास निर्माणका कामहरु, नागरिक संग सरकारको अनुपस्थिती लगायतका विषयमा खबरदारी गरिएको संघिय निर्वाचन क्षेत्र, क्षेत्रीय सभापती दिपक प्रकाश भण्डारी बताउनुभयो ।
खबरदारी सभामा जिल्ला सभापती प्रकाश गुरुङको सभाध्यक्षता रहेको थियो भने सभाका प्रमुख अतिथी जिल्लाका अग्रज व्यक्तित्व महेश्वर तिम्सिना रहनुभएको थियो । कार्यक्रममा पार्टिका जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, जेष्ठ नागरिक, अग्रज अभिवावक, नगर पालिका भित्रका नागरिकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा रास्वपाका जिल्ला कोषाध्यक्ष सृजना रिजाल, जिल्ला उपसभापती शहरसिं तामाङ लगायतले मन्त्यव्य राख्नुभएको थियो ।
खबरदारी सभाकै बिच विभिन्न पार्टी परित्याग गरि करिब पाँचसय बढी व्यक्तिहरुले रास्वपा प्रवेश गरेका थिए । जिल्ला सभापती प्रकाश गुरुङले पार्टिको नितिगत कुराहरु, पार्टिका भावी योजना, जिल्लामा गर्नपर्ने गतिविधी लगायतका विषय सभामा राख्नुभएको थियो ।