सुनसरी : धरान वडा प्रहरी कार्यालयको टोलीद्वारा वडा १५ निराजन वस्तीबाट लागू औषधसहित तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान १५ का २३ बर्षीय मन्दिप राईको कोठामा चेकजाँच गर्दा लागू औषध ट्रामाडोल ७८५ ट्याब्लेट र स्पास्पेन ८३५ ट्याब्लेट गरि जम्मा १६२० ट्याब्लेट वरामद भएको थियो ।
साथै मन्दिपसहित २५ बर्षका सन्दिप राई, वडा १४ बस्ने २२ बर्षकक करण थापा समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको जानकारी दिएको छ ।