अग्रजहरुलाई सम्झिदै सुच्चा राईहरु



धरान । आफ्नो संस्था स्थापनाको स्थापना दिवसको अवसर पारेर श्री सुच्चा राई कल्याणकारी समाजले संस्थापक क्याप्टेन ढुण्डीराज सुच्चा राई लगायत चारजनालाई सम्मान गर्ने भएको छ ।
फागुन २४ गते शनिबार कार्यक्रमको आयोजना गर्दै समाजको २५ औँ स्थापना दिवसको अवसर पारेर विहान ८ बजे धरानको भानुचोकमा रक्तदान तथा अग्रजहरुलाई सम्मान गर्ने भएको हो ।
कार्यक्रममा संस्थापक क्याप्टेन ढुण्डीराज सुच्चा राई, सुच्चा राई समाजका ज्येष्ठ नागरिकहरु शुकमाया सुच्चा राई र दुर्गाबहादुर सुच्चा राईलाई सम्मान लागिएको समाजका अध्यक्ष विनोद राईले बताए ।
सोही कार्यक्रमका अवसरमा श्री सुच्चा राई कल्याणकारी समाजको धरान ११ स्थित निर्माणाधिन सामुसदायिक भवन निर्माण समितिका संयोजक चण्डिप्रसाद सुच्चा राईलाई कदर समेत गर्न लागिएको अध्यक्ष राईले बताए ।
भोजपुरको कटुन्जे उदगमस्थल रहेको सुच्चा राईहरु देशभरी करिव १२ हजारको संख्यामा रहेकाछन्, बान्तवा तथा दुङ्मालीभाषि सुच्चा राईहरुको संस्कार र संस्कृतिको संरक्षणका लागि २०५६ सालमा समाजको स्थापना गरिएको समाजका सल्लाहकार किरण सुच्चा राईले बताए।
संस्कृतिसंगै समाजसेवाको उदेश्यले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको र न्युनतम १ सय रक्तदान गर्ने उदेश्य रहेको उनले बताए ।