अजेन्द्र वाईबा तामाङ
पाँचथर, फाल्गुन-३ आइतबार। पाँचथरको तुम्बेवा गाउँपालिका १ मा अवस्थित् रातमाटे फाउन्डेसनलाई २० हजार बराबरको सहयोग प्राप्त भएको छ ।
श्री जनता आधारभुत विद्यालयकाे प्राङ्गणमा आयोजित एक कार्यक्रम मा्र्फत तुम्बेवा गाउँपालिका १ साबिक आङ्ना ५ निवासी तथा हाल झापाको शिवसताक्षि ८ बसाेबास गर्ने बुद्धिमान तामाङ, साेम बहादुर तामाङ र कर्ण बहादुर तामाङ द्वारा आफ्नो स्वर्गीय आमा शेष कुमारी तामाङकाे स्मृतिमा प्लास्टिकको कुर्सी २४ थान, पानसकाे बति १ थान र कलास १ थान गरि २० हजार बराबरको सहयोग प्रदान गरेका हुन् । उक्त अवसरमा तामाङ दाजुभाइले आफ्नो आमाको नाममा अक्षयकाेषकाे समेत स्थापना गर्ने घोषणा गरेका छन् ।
रातमाटे फाउण्डेसनका अध्यक्ष सहरसिंङ तामाङकाे अध्यक्षता र श्री जनता आधारभुत विद्यालयका प्र.अ. बम तामाङ स्थानीय समाजसेवी पपेन्द्व तामाङ, सुरेन्द्र तामाङ, टंक वाईबा तामाङ, उदय बहादुर तामाङ, धनसिंङ तामाङ, स्थानीय आमा बुबा तथा बुद्धिजीवीहरु साथै विद्यालय परिवारको उपस्थितिमा साे कार्यक्रम सम्पन्न भएको थियो ।


 
                                                                     
                
 
                     
                     
                     
                     
                     
                     
                    