दुर्गा प्रसाईं पक्राउ भद्रपुर हुँदै काठमाडौँ लगिने तयारी




काठमाडौं : फरार रहेका दुर्गा प्रसाईं पक्राउ परेका छ्न ! केही दिन अगाडी काठमाडौ तीनकुनेमा भएको प्रदर्शनस्थलबाटै फरार रहेका राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भारतको आसाम राज्यबाट नेपाल ल्याइएको छ। उनलाई भारतीय प्रहरीको सहयोगमा शुक्रबार बिहान झापाको सीमा क्षेत्रसम्म ल्याइएको हो ।
प्रहरी स्रोतका अनुसार प्रसाईंलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं पठाइने तयारी गरिएको छ। काँकडभिट्टा नाकामा उनका समर्थकहरू भेला भएको र अवरोध हुन सक्ने सुरक्षा मूल्याङ्कनका आधारमा नाका परिवर्तन गरिएको हो।

बिहीबार प्रसाईंको सचिवालयले उनले भारतको आसाम राज्यमा प्रहरीसमक्ष आत्मसमर्पण गरेको जानकारी दिएको थियो। तर नेपाल प्रहरीले भने उनलाई हालसम्म पक्राउ गरिएको छैन भन्दै उनी प्रहरीको खोजी सूचीमा रहेको बिहिवार स्पष्ट पारेको थियो !