धरान : धरान फिटनेस क्लव (डिएफसि) ले आफ्ना दुई जना खेलाडिलाई वधाई तथा सम्मान गरेको छ ।

क्लवले शनिवार आफ्नै फिटनेस हलमा यहि चैत्र ७, ८ र ९ गते काठमाण्डौमा सम्पन्न धर्म श्रीमा मेन फिजिक्समा तेस्रो उपाधि र २२ र २३ गते सम्पन्न मिस्टर कोशि शारिरिक सुगठन प्रतियोगितामा ६५ केजि तौल समुहमा स्वर्ण तथा अलओभरमा सेकेन्ड रनरअप उपाधि विजेता नेपाली सेनाका नायक रमेश फोम्वो र मेन फिजिक्सका तिन पटक राष्ट्रिय च्याम्पियन भइसकेका अन्तराष्टिय खेलाडि अवतार श्रेष्ठलाई धरान फिटनेस क्लवका खेलाडिहरु माझ वधाइ दिंदै सम्मान गरेको छ ।

क्ववले यहि जुन १४ मा भुटानको थिम्पुमा हुन लागेको साउथ एशियन स्पोर्टस फिजिक्समा नेपालको प्रतिनिधित्व गर्दै सहभागि हुन जान लागेका अवतार श्रेष्ठलाई तयारी खर्च स्वरुप नगद रु.२५ हजार र जिम डाइट प्रदान गरेको छ ।
उनलाई धरान फिटनेसका संचालक कविरभगत प्रधानाङ्गले रकम हस्तान्तरण गरेका थिए । यसै गरि अवतारले वुल्समेन राष्ट्रिय च्याम्पियनसिपका च्याम्पियन ट्रफि क्लवलाई हस्तान्तरण गरेका छन । अवतारले धरान फिटनेस क्लवको तर्फ वाट प्रतिनिधित्व गर्दै वुल्सम्यानको उपाधि चुमेका थिए ।
उनले वुल्स म्यान संगै विरगञ्जमा भएको रेन्वो क्लासिक र पोखरामा संपन्न ९ औ राष्ट्रिय खेलकुदमा कोशि प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय च्याम्पियन वनेका थिए । उनले २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै दुवइमा संपन्न वल्र्ड मेन्स फिजिक्समा समेत प्रतिश्पर्धा गरिसकेका छन ।

क्लवले साउथ एशियन स्पोर्टस फिजिक्सका लागि अवतारलाई तयारी गराइरहेको छ । वधाई तथा सम्मानका कार्यक्रममा सम्मानित अवतार र रमेशले फिटनेसका सेभेन पोज प्रदर्शन गरेका थिए ।
