सुनसरी ः धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार चाम्लिङलाई धरान उपमहानगरपालिका १७ कार्यलयले स्वागत तथा सम्मान गरेको छ ।
कार्यलयले आइतवार एक कार्यक्रमको आयोजना गरि अध्यक्ष चाम्लिङलाई सम्मान गरेका हुन । वडा कार्यलयल परिवारले चाम्लिङलाई खदा ओडाएर मायाको चिनोको रुपमा खुकुरी प्रदान गरेको छ ।
धरान १७ निवासि चाम्लिङ केहि दिन अघि विदामा नेपाल आएका हुन ।
विदेशमा रहेर पनि आप्mनो वडाको विकाशमा धरान १७ समाज हङकङ परिवारले निरन्तर सहयोग पुर्याउदै आएकोमा कदर स्वरुप सम्मान गरिएको धरान १७ का वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिए । समाजले वडाको शिक्षा, स्वास्थ्य, खेलकुद, असाहाय, विपन्न लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको अध्यक्ष भट्टराईले बताए ।
स्वागत तथा सम्मान कार्यक्रम आयोजनाका लागि १७ समाज हङकङका अध्यक्ष मधुकुमार चाम्लिङले वडा परिवारलाई धन्यवाद दिएका थिए । उनले वडामा वन्दै गरेको सार्वजनिक सौचालयका लागि १७ समाज हङकङले सहयोग संकलन अभियान चलाइरहेको र डेढलाख भन्दा माथि उठिसकेको समेत जानकारी दिए ।
आफु हङकङ फर्किए पछि तत्काल सहयोग रकम पठाउने उनले वताए । विदेशमा रहे पनि आप्mनो ठाउको, देशको सधै माया रहने र समाजले निरन्तर सकेको सहयोग गर्ने अध्यक्ष चाम्लिङले प्रतिवद्धता जनाए ।
समाजले आफ्नो वडा वाहेक पनि २०७२ सालको भुकम्प पिडित, वाढिपिडित, कोरोना महामारी लगायत विभिन्न क्षेत्रमा सहयोग उपलव्ध गराउदै आएको छ ।
कार्यक्रममा वडा न. १७ का निर्वतमान वडा सदस्य सुवास वर्देवा, वडा कार्यलय वरिवार लगायतको उपस्थिति रहेको थियो