सुनसरी क्षेत्र नं १ नेपाल तरुण दलका अध्यक्षमा अजय राई सर्वसम्मत निर्वाचित




सुनसरी ः नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, सुनसरी क्षेत्र नं.१ को सभापतिमा अजय राई ५औं अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएका छन । धरान–१२ चतरालाईनस्थित पूर्वी स्टार होटलमा सम्पन्न अधिवेशन तथा पदस्थापन कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नं.१ का साथै प्रदेशसभा १(क) र १(ख) का पदाधिकारीहरू समेत चयन गरिएको हो ।

कार्यक्रममा कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले युवाहरूलाई लोकतन्त्र कमजोर पार्ने गतिविधिबाट सचेत रहन सुझाव दिए । उनले २०६२÷६३ को जनआन्दोलनपछि माओवादीलाई शान्ति प्रक्रियामा ल्याई गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका खेलेको कांग्रेसकै विरुद्धमा अहिले लोकतन्त्र कमजोर पार्ने चेष्टा भइरहेकाले युवाले त्यसको प्रतिकार गर्नुपर्ने बताए ।
धरान उपमहानगर कांग्रेस सभापति श्याम पोखरेलले तरुण दलले गरेका गलत कार्यमा पार्टीले समर्थन नगर्ने स्पष्ट पारे। तर, सकारात्मक गतिविधिमा सधैं साथ रहने बताए। उनले युवालाई देश निर्माणमा सक्रिय भूमिका खेल्न आह्वान गरे ।

तरुण दल सुनसरीका सभापति सिजन गुरुङले पार्टीभित्र गुटबन्दी मौलाएकाले तरुण दलका युवाहरू एकताबद्ध हुन नसकेको धारणा राखे ।
अधिवेशनबाट निर्वाचित अन्य पदाधिकारीहरूमा उपसभापति रोशन राई, विशाल बस्नेत, कृष्ण राई र ज्वाला तुलाधर छन्। सचिवमा विमल बुढाथोकी र सुजन खड्का, सहसचिवमा अधिय श्रेष्ठ, जसमान लिम्बु, अशेष लिम्बु तथा कोषाध्यक्षमा प्रसन्न गुरुङ चयन भएका छन् ।

सदस्यहरूमा विनायक ताम्राकार, प्रज्वल श्रेष्ठ, सुदीप राई, सुवास केसी, विसम राई, कुसाङ थेबे, मनकुमार राई, सुभम श्रेष्ठ, प्रभाकर भट्टराई, बलराम सुवेदी, नितेश राई र सुमित्रा कालिकोटे रहेका छन् ।
प्रदेशसभा १(क) अन्तर्गत जीवन लिम्बु सभापति, भवानी बास्तोला उपसभापति, रुमित कुमार खत्री सचिव र राजमाया लिम्बु कोषाध्यक्ष चयन भएका छन्। सदस्यहरूमा प्रदीप राई, प्रशान राई, भूपेन राई, विक्रम श्रेष्ठ, सुविहाङ राई, प्रदीप तामाङ, सुरज श्रेष्ठ, अरुणा लिम्बु, मनकुमारी राई, विनोद बस्नेत, रोहित राई, दिवस शाक्य र दिलबहादुर राई छन् ।

प्रदेशसभा १(ख) मा साजन राई सभापति, रोहित राई उपसभापति, सुनिल तामाङ सचिव र बिनु राई कोषाध्यक्ष सर्वसम्मत चयन भएका छन्।
सदस्यहरूमा प्रताप बस्नेत, फुर्वा शेर्पा, प्रकाश राई, सचिन तामाङ, बालकुमार राई, रमेश तामाङ, अभय बस्नेत, निराजन कार्की र सेमिहाङ राई रहेका छन् ।
निर्वाचन अधिकृत भरत शाक्यले सम्पूर्ण निर्वाचित पदाधिकारीहरूलाई सपथ गराई प्रमाणपत्र वितरण गरेका थिए ।