ः इटहरी उपमहानगरपालिका–१२ डुमाटका स्थित तिरुपति प्लाइउड फ्याक्ट्रीमा बुधबार राति भीषण आगलागी भएको छ । राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
आगलागी नियन्त्रणका लागि इटहरी, धरान, विराटनगर, बेलबारी, कानेपोखरी दमक,गौरदह, पथरीलगायतका ठाउँहरुबाट १८ वटा भन्दा बढी पदमकल परिचालन गरिएको छ । दमकल टोली, सुरक्षाकर्मी साथै स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणको कार्य जारी रहेको उनले बताए ।
विराटनगरका उद्योगी वसन्त राठी र विकास अटलले संयुक्त रुपमा सञ्चालन गर्दै आउनु भएको प्लाइउड फ्याक्ट्री करिब ३ बिघा क्षेत्रफलमा फैलिएको फ्याक्ट्रीमा आगलागी भएको हो । सञ्चालक राठीका अनुसार मङ्गलवार फ्याक्ट्री बन्द थियो भने आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको उको भनाई छ ।
फ्याक्ट्रीभित्र प्लाइउड उत्पादनमा प्रयोग हुने काठ, क्यामिकल र अन्य ज्वलनशील सामग्री भएकाले आगो तीव्र गतिमा फैलिएको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।