सुनसरी , काठमाडौं महानगरपालिकाका २० विद्यालयका ३१९ खेलाडीको सहभागितासहित ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबार बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा सुरु भएको छ।
काठमाडौं महानगरपालिका वडा नं। ४ को आयोजनामा तथा हिमालयन चेस एकेडेमी ९एचसीए० को व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा गल्र्स र ब्वाइज गरी कूल ६ स्पर्धा समावेश छन्। प्रतियोगिताको पहिलो दिन दुई चरणका खेल सम्पन्न भएका छन्।
कक्षा १ देखि ४ सम्मको गल्र्स समूहमा धुम्रवाराही माविकी प्रतिज्ञा ठाकुर, बाँसबारीकी सिमरन कार्की र सुप्रिया मोक्तान तथा महेन्द्र माविकी आशिका लोप्चनले दुवै खेल जित्दै २–२ अंक जोड्न सफल भए।
ब्वाइज समूहमा मेरिडियन इन्टरनेसनल स्कुलका आयम सुवेदी र आयन सुवेदी, नेपाल क्रियटिभ को–एडुकेसनल स्कुलका श्रेयांश सापकोटा र अर्णव मानन्धर तथा बाँसबारी माविका खेमराज जैशी र युङ्सेन तामाङले पनि २–२ अंक प्राप्त गरे।
कक्षा ५ देखि ८ समूहमा ब्वाइजतर्फ आदर्श गुरुङ, नवीन थापा मगर, प्रसन्न जैशी, प्रत्युष ज्ञवाली र राजु राईले सुरुआती दुवै चरणमा जित दर्ता गरे। गल्र्सतर्फ रोसलिन सुवेदी, आरग्य गुप्ता, समिक्षा नेपाल, अप्सरा खत्री र काश्यपी मैनाली विजयी भए।
कक्षा ९ देखि १२ को गल्र्स समूहमा मायुमी राई, आँचल चौधरी, आन्वी सुवेदी, देवयानी गुरागाईं, स्मारिका लामा, समिक्षा रपाल र साङ्मेन्दु तामाङले दुवै खेल जिते। ब्वाइजतर्फ प्रेम–विक्रम अधिकारी, ओजस अधिकारी र अभिनव पाण्डेले पनि २–२ अंक जोडे।
स्वीस प्रणालीमा आधारित र्यापिड चेस प्रतियोगितामा वडा नं। ४ भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरू तथा वडाबाहिर अध्ययनरत स्थानीय बालबालिकाहरूको सहभागिता रहेको छ।
दुई दिने च्याम्पियनसिपको उद्घाटन काठमाडौं–४ का वडाध्यक्ष दिनेश महर्जन र राष्ट्रिय महिला बुद्धिचाल च्याम्पियनसिपकी पहिलो विजेता मोनालिशा खम्बूले संयुक्त रूपमा गरेका थिए।