सुनसरी ः धरान उपमहानगरपालिका १३ स्थित शिवधारा कोशी लोकमार्गबाट सशस्त्र प्रहरीले २ हजार एक सय ३० केजि गाँजा नियन्त्रणमा लिएको छ ।
आज विहान भेडेटारबाट धरानतर्फ आउदै गरेको प्रदेश १–०२ –००२ ख ०८४८ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ट्रकबाट बोरामा प्याक गरिएको ७० बोरा गाँजा, ३१ बोरा अदुवा र तरकारी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं १बराह वाहिनि मुख्यलय सुनसरीका प्रवक्ता सुधिर जङ् थापाले जानकारी दिए ।
ट्रकका चालक र गाँजा ल्याउने व्यक्ति भने फरार रहेकाले खोजी कार्य जारी रहेको प्रवक्ता थापाले बताए । बरामद गाँजा , अदुवा र ट्रकलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।