धरान ः धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सञ्चालित कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगितामा धनकुटा र भोजपुर बास्केटबल टिम सेमिफाइनलमा प्रवेश गरेका छन्।
शुक्रबार सम्पन्न खेलमा धनकुटाले उदयपुरलाई ५५–२४ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। खेलका चारै क्वाटरमा धनकुटाले नियन्त्रण जमाएको थियो। क्वाटर अनुसार स्कोर १५–४, १३–३, १३–१३ र १४–४ रह्यो।
जितसँगै धनकुटाले सेमिफाइनलमा आयोजक जिल्ला सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ।
उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका धनकुटाका नविन राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई सुनसरी बास्केटबल संघका उपाध्यक्ष विवेक राईले ट्रफी प्रदान गरे।
त्यसैदिन सम्पन्न दोस्रो खेलमा भोजपुरले ओखलढुङ्गालाई ६१–३२ को सहज अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।
भोजपुर र ओखलढुङ्गाबीचको खेलमा प्रत्येक क्वाटरमा क्रमशः ११–७, १७–१०, १७–९ र १६–६ अंक हासिल भए।
उत्कृष्ट प्रदर्शनका लागि भोजपुरका दिवस राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई ट्रफी सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले प्रदान गरे।
अबको खेल भोजपुरले फाइनल प्रवेशका लागि इलामसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा गरी ८ जिल्लाका टिमले सहभागिता जनाएका छन्।
प्रतियोगिताका विजेताले नगद रु। २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले नगद रु। १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई ‘धरान मेघा एमभीपी ९मोस्ट भ्यालुएबल प्लेयर०’ उपाधिसहित नगद रु। १० हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिताको फाइनल खेल असार ८ गते आइतबार धरानको टिपो स्कुल बास्केटबल कोर्टमा सम्पन्न हुनेछ।