बिर्तामोड नगरद्वारा डेढ अर्बको बजेट प्रस्तुत



बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको छ । यो रकम सामाजिक सुरक्षा भत्ता बाहेकको रकम हो ।

आजदेखि शुरु दोस्रो नगर सभाको सातौ अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सो बजेट प्रस्ताव गरेका हुन् । बजेटमा आगामी आर्थिक वर्ष २०८२/८३ को विभिन्न शिर्षकमा प्राप्त हुन सक्ने रकमलाई आम्दानीको रुपमा प्रक्षेपण गर्दै संघीय समानीकरणतर्फ २० करोड ३२ लाख, संघीय राजश्व बाँडफाँटतर्फ रु १४ करोड ७६ लाख, प्रदेश समानीकरणतर्फ रु १ करोड ९७ लाख ५२ हजार, प्रदेश राजश्व बाँडफाँट रु १ करोड ४५ लाख १४ हजार, आन्तरिक श्रोततर्फ रु २१ करोड, जग्गा रजिष्ट्रेशनतर्फ रु १२ करोड ५० लाख, संघीय सशर्त कार्यक्रम ७६ करोड ३ लाख र प्रदेश सशर्त कार्यक्रम २ करोड ८० लाख १६ हजार र प्रदेश समपुरक १ करोड बजेट प्रस्ताव गरिएको छ ।


उपप्रमुख संग्रौलाले चालु आ.व. २०८१/८२ को जेठ मसान्तसम्मको यथार्थ आयव्ययको विवरणसमेत प्रस्तुत गरेका छन् । चालु आ.व.मा आन्तरिक राजश्व २० करोड ५० लाख अनुमानित गरिएकोमा २०८२ जेठ मसान्तसम्ममा १३ करोड ९६ लाख ८१ हजार ४२, घरजग्गा रजिष्ट्रेशनमा १२ करोड अनुमानित गरिएकोमा ८ करोड ५९ लाख ९५ हजार ९ सय ६० , त्यसैगरी संघीय समानीकरण १९ करोड ४८ लाख ६हजार ४ सय ८० , संघीय सशर्तमा २८ करोड ९ लाख ९ हजार १ सय ८०, संघीय बिशेष अनुदान ५५ लाख ४५ हजार ६१ , संघीय समपुरक १५ करोड ८० लाख २४ हजार १ सय ४५ र संघीय राजश्व बाँडफाँटबाट १० करोड ८६ लाख १९ हजार ९ सय ३५ रुपैयाँ प्राप्त भएको छ ।


यसैगरी प्रदेश समानीकरणमा १ करोड ३ लाख २ हजार ७ सय ५०, प्रदेश सशर्तमा १ करोड ७१ लाख २९ हजार ९ सय ८९, प्रदेश समपूरकमा ४३ लाख ३३ हजार ३ सय ३३ र प्रदेश राजश्व बाँडफाँट १ करोड ४० लाख ३६ हजार ७ सय ९९ रुपैयाँ, जनसहभागिता रु ३ करोड ११ लाख ९५ हजार ४६१ समेत गरी जम्मा १ अर्व ५ करोड ३५लाख ८० हजार १ सय ३५ रुपैयाँ प्राप्त भएको जनाइएको छ ।
दोस्रो नगर सभाको सातौ अधिवेशनको प्रथम बैठकमा नगर प्रमुख पवित्रा महतारा प्रसाईले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।