झापा। अस्थाई प्रहरी बिट नयाँ बसपार्क बाट खटिएको प्रहरीले बिहिबार ठूलो मात्रामा लागु औषधजन्य प्रतिबन्धित औषधि बरामद गरेको छ । स्थानियको सुचनाका आधारमा उक्त औषधिको गोदाममा छापा मार्दा ठूलो मात्रामा लागुऔषधजन्य प्रतिबन्धित औषधि फेला परेको हो ।
बिर्तामोड ५ का भानुभक्त खरेलले स्थानिय मनकुमार संग्रौलाको घरमा संचालन गर्दै आएको गोदाममा छापा मार्दा हजारौ पत्ता ट्रामाडोल, त्यसको एम्पुल र अन्य लागुऔषधजन्य औषधि बरामद गरिएको हो । प्रतिबन्धित औषधी फेला परेको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
उनले बरामद प्रतिबन्धित औषधीको परिमाण यकिन गरी मुचुल्का तयार गर्ने कार्य भइरहेको बताए । प्रहरीले एकजना कामदारलाई पक्राउ गरेको छ । औषधी व्यवसायी खरेल भने फरार भएका छन् । खरेलले बिर्तामोडकै धर्मकाटाँ रोडमा सनलाईट फर्मा नामक औषधिको थोक बिक्रि गर्दै आएका छन् । खरेलले औषधिको थोक बिक्रेताको आवरणमा बर्षौबाट सेटिङ मिलाएर लागुऔषधजन्य औषधिको कारोबार गर्दै आएको बताईएको छ ।