बिर्तामोड । नेकपा माओवादी केन्द्र निकट युवा संघठन वाईसीएल नेपालले झापाको बिर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा वृक्षारोपण गरेको छ । देशभरी नै अहिले वाईसीएलले श्रम तथा उत्पादनमा वाईसीएल अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम गरिरहेका छन्।
त्यसै अन्तरगत बसपार्क वरपर करिब ५ सय सयपत्री फुलका विरुवा, ४० वटा गमलामा अन्य फुलका विरुवा र करिब ३०० अन्य रुखका विरुवा रोपिएको कार्यक्रमका वाईसीएल झापा उपाध्यक्ष उपेन मेन्याङ्बो लिम्बुले जानकारी दिए ।
संगठनको केन्द्रीय नीति अनुसार श्रमसँग जोडिएको र बसपार्कको हरियाली तथा सुन्दरता बढाउन फुलका विरुवा, भाइरल सिरिश , र उपभोग गर्न अ्मला, कागति, तितिरी लगायत तिहारको बेलामा भारतिय बजारबाट सयपत्री फुल आयत नहोस र यहिका स्थानीयले सयपत्री फुल उपभोग गरुन भन्ने योजनाले सयौको संख्यामा सयपत्री फुलहरु समेत रोपिएको उपाध्यक्ष मेन्याङ्बोले जानकारी दिए।
वृक्षरोपण कार्यक्रमका प्रमुख अतिथी तथा वाईसीएल नेपालका केन्द्रीय उपमहासचिव तथा १ नम्बर प्रदेश इञ्चार्ज कुमार आचार्यले वृक्षरोपण कार्यक्रम देशभरी भै रहेको र उक्त कार्यक्रमले युवाहरु श्रमजीवी बन्न सहयोग मिल्ने जानकारी दिए ।
वाईसीएल नेपालको जिल्ला कमिटी झापा र नगर कमिटि बिर्तामोडको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वाईसीएल नेपाल झापा इञ्चार्ज निशान रोक्का, जिल्ला उपाध्यक्ष विनोद नेम्बाङ, जिल्ला उपाध्यक्ष उपेन मेन्याङ्बो, बुद्धशान्ति अध्यक्ष पंकज शेर्पा, माओवादी केन्द्र बिर्तामोड अध्यक्ष मोहन सुब्बा, उपाध्यक्ष शुसिला पाण्डे, सचिव जगन्नाथ भट्टराई, अनेम संघ क्रान्तिकारी बिर्तामोड अध्यक्ष सन्ध्या मास्के लगायत का नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
वाईसिएल बिर्तामोड अध्यक्ष सेवन दर्नालको अध्यक्षतामा सम्पन्न कार्यक्रम माओवादी केन्द्र अर्जुनधारा ११ का वाड उपाध्यक्ष विक्रम राईले सञ्चालन गरेका थिए ।