धरान ः धरान डिपो स्कुलको आयोजनामा विहिवार देखि सुरु भएको विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा आइडल, प्याराडाइज, सुनाखरी र काम्रेल हाइ स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज शनिबार भएको खेलमा आइडल स्कुलले प्रभात स्कुललाइ ३२–२९ , प्याराडाइज स्कुल तरहराले पुर्वाञ्चल स्कुल तरहरालाइ ३३–१७, सुनाखरी स्कुल धरानले लिटल फ्लावर स्कुल झापालाइ ३४–२१ र कार्मेल हाइ स्कुलले हिमशिखर स्कुल तरहरालाइ ४४–४१ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका छन ।
आजै भएको खेलमा आइडल स्कुलका निशान खड्का, प्याराडाइजका प्रिन्स खत्री, सुनाखरी स्कुलका विक्रम श्रेष्ठ र काम्रेलका प्रीत्युस भुजेल म्यान अफ द म्याच घोषित भए । उनिहरुलाई राष्ट्रिय बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी र डिपो स्कुल खेलकुद संयोजक उमेश ताम्राकारले ट्रफि प्रदान गरेका छन ।
कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा १८ टिमले सहभागिता जनाएको छ ।
प्रतियोगिताका विजेता टिमले नगद रु.२० हजार रुपैया,उपविजेताले नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि, हाइ स्कोर र प्रत्येक खेलको म्यान अफ द म्याच उपाधि विजेताले ट्रफि र मेडल प्राप्त गर्ने आयोजक डिपो स्कुलका प्राचार्य राजकुमार राईले जानकारी दिए ।
प्रतियोगीताका उत्कृष्ट खेलाडिलाई पत्रकार जनकऋषि राईले खेलाडिलाई प्रोत्साहन गर्नका लागि आफ्नो तर्फबाट नगद रु.१ हजार रुपैया र सांस्कृतिक अधिकार अर्वाड २०८२ बाट पुरस्कृत “गोरु चिन्तन” पुस्तक प्रदान गर्ने भएको छ ।
सुनसरी बास्केटवल संघ र धरान वास्केटवल संघको व्यवस्थापनमा संपन्न प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको बास्केटवल कोर्टमा भइरहेको छ ।
भोलि आइतबार हुने पहिलो सेमिफाइनल खेल आइडल स्कुल र सुनाखरी स्कुल बिच प्रतिस्पर्धा हुनेछ । यसैगरी दोस्रो सेमिफाइनल खेल कार्मेल हाइ स्कुल र प्याराडाइज स्कुल तरहराबिच हुने आयोजकले जनाएको छ ।