झापा। झापाको भद्रपुरमा आफ्नै हजुरआमा माथि खुकुरी प्रहार गरी फरार रहेका नातिलाई प्रहरीले पक्राउ गरेको छ। गत असार १२ गते महेश सुबेदीले आफ्नी ७२ वर्षीया हजुरआमा खिनमाया सुबेदीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थियो।
निज सुबेदी विरुद्ध यसअघि नै अभद्र ब्यावहार मुद्दामा पक्राउ परी एक बर्ष कैद सजाय पुरा गरी छुटेको थियो सजाय पुरा गरी छुटे लगत्तै फेरी आफ्नै हजुरआमा माथि खुकुरी प्रहार गरी फरार थिए।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आफ्नी हजुरआमालाई खुकुरी प्रहार गर्ने सुबेदी बिरुद्ध ज्यान मार्ने उद्योग मा मुद्दा दर्ता भई पक्राउ पुर्जी समेत जारी भइसकेको थियो।
घटनापछि फरार रहेका उनलाई प्रहरीको निरन्तर खोजीकार्य पछि इनिस्पेक्टर विजय चौहानको कमाण्डमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-१० सत्रबिगे स्थित आफ्नै घरबाट नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ पश्चात उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय झापामा राखिएको र भदौ १० गते जिल्ला अदालत झापामा पेश गरी म्याद थपका लागि प्रक्रिया अघि बढाइने जनाएको छ।