लागूऔषधका मुख्य कारोबारी भानुभक्त खरेललाई पक्राउ गरे स्थानीयले



झापा। राजनीतिक शक्तिको आडमा दुई महिनादेखि पक्राउ नपरेका लागूऔषधका मुख्य कारोबारी भानुभक्त खरेललाई आज स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।

गत साउन १ गते प्रहरीले खरेलको गोदाममा छापा मार्दा ठूलो मात्रामा प्रतिबन्धित औषधीजन्य लागूऔषध बरामद गरेको थियो ।

प्रहरीले उनको गोदामबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल १,०३,८००, ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन– १८७० एम्पुल, ट्रामाडोल एण्ड एस्टामाइनोफेन ट्याब्लेट ४०५०, डिसाइक्लोमिन ट्याव्लेट ९७,०००,सिल्डेनेफिल ट्याव्लेट ८,९०० र कम्बीप्याक अफ माइफेप्रिस्टोन ट्याव्लेट – ७,६५० बरामद गरेको थियो ।

उनका कामदार अर्जुनधारा ६ बस्ने २५ वर्षीय बिनोद घिमिरेलाई पक्राउ गरिएपनि संचालक खरेल फरार रहेका थिए ।