काठमाण्डौं । एमाले मुख्यालय च्यासलमा नेपालकै सबै भन्दा ठुलो झण्डा राखिएको छ ।
रातो पृष्ठभूमिमा सुनौलो रङ्गको हँसिया हथौडा अंकित अहिलेसम्मकै ठुलो झण्डा मजदुरहरुको संगठन जिफन्टले राखेको हो ।
सोमबार बिहान ११ बजे नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र आवद्ध घटकहरुका करिव सयजना नेता कार्यकर्ताहरुले लम्बाई ४५ र चौडाई समेत ४५ रहेको राखेको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताए । भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पास गरेको झण्डा राखिएको श्रेष्ठले बताए ।
जेन जी आन्दोलनका क्रममा भदौ २४ गते जेन जी आन्दोलनका क्रममा उदण्ड समुहले तोडफोड र आगजनी गरेको च्यासलस्थित भवनमा पार्टीको झण्डा रखिएको हो । एमाले, काँग्रेस र माओवादी लगायतका पार्टी कार्यालय र नेताहरुका घरहरु समेत क्षतविक्षत बनाएको थियो ।
कार्यालयमा कार्यकर्ताहरुको आवतजावत बाक्लिदै गएको टिकटक तथा फेसबुकमा फोटोहरु सार्वजनिक भएतापनि पार्टीको झण्डा तथा व्यानरहरु नभएकाले झण्डा राखिएको जिफन्ट अध्यक्ष श्रेष्ठले बताए ।कार्यालयको पूर्वतर्फ सबैले देख्नेगरी झण्डा राखिएको छ । त्यस्तै भवन अग्रभागमा समेत आगजनीका कारण क्षति पुगेको भवनको तेस्रो तलामा समेत हँसिया हथौडी अंकित पार्टीको झण्डा राखिएको हो ।
सोही दिन जिफन्ट टोलीले पार्टीका महासचिव शंकर पोखरेलको घर सरसफाई गरेको छ । जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोडले क्षतिपुगेको घरभीत्र रहेका जलेका, फुटेका र तोडफोड भएका समानहरु करिव ३ घण्टा लगाएर सफाई गरिएको जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले बताए। अध्यष श्रेष्ठका अनुसार अन्य पार्टी नेताहरुका घरहरु र पार्टी कार्यालयहरु सरसफाई गरिने बताए । झण्डा राख्दै भेटिएका जिफन्टका महासचिव लक्ष्मण शर्माले अवस्था विस्तारै सामान्यीकरण हुँदै गइरहेको र एमाले जस्तो पुरानो पार्टीले हरेस नखाने बताए।
टोलीमा सहभागी मजदुर नेता भीमज्वाला राईले नेपाली समाजको विचारको जगबाट उम्रिएको एमालेलाई भौतिक आक्रमणले कुनै असर नगर्ने बताए।
नेपाली जनताको सातदशक लामो संघर्षले स्थापना भएको संविधान र व्यवस्थाका विरोधीहरुको बहकावमा जेन जी पुस्ताको आन्दोलन परेको जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले बताए ।
त्यस्तै एमाले माथीको भौतिक आक्रमण एमालेको स्वाधिनताको अडान विरुद्धको प्रहार रहेको पर्यटन क्षेत्रका युनियन युनिट्राभका अध्यक्ष सुमन पराजुलीले बताए ।
त्यस्तै एमालेको राष्ट्रवादी अडानका कारण देशी तथा विदेशी शक्तिहरु मिले एमालेमाथि आक्रमण गरिएको नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष माया गुरुङले बताए ।
संघिय लोकतन्त्रात्कम व्यवस्था र संविधानका रक्षाका लागि नेपाली श्रमजीवी वर्ग सधै तयार रहेको जिफन्टका सचिव महेन्द्रलाल श्रेष्ठको भनाई छ ।