२६औँ बुढासुब्बा गोल्डकप माघ २२ गतेदेखि सुरु



धरान : प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६ औं संस्करण यही माघ २२ गतेदेखि हुने भएको छ ।

आयोजक धरान फुटबल क्लबले प्रतियोगिता यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रंगशालामा सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । 

गत वर्ष आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यस वर्ष १० वटा टोलीको सहभागिता रहने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद रु. १० लाख प्राप्त गर्ने छन् भने उपविजेताले रु. पाँच लाख पुरस्कार प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु. १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु. २५–२५ हजारका दरले प्रदान गरिने क्लबका महासचिव नविन राईले जनाकारी दिए । साथै सर्वाधिक गोलकर्तालाई रु.३५ हजार पुरस्कार प्रदान गरिने पनि राईले बताए ।

यस वर्ष प्रतियोगितामा एनआरटि क्लब काठमाण्डौ, चर्च ब्वाईज क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, रोयल थिम्फु क्लब भुटान, जर्जियन क्लब कालेम्पुङ भारत,  एलए क्लब पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाईज युनाटेड क्लब काठमाडौं,  झापा–११ झापा, र धरान फुटबल क्लब सहभागी हुने आयोजकले जनाएको छ । 

गत संस्करणको बुढासुब्बा गोल्डकपको विजेता एनआरटी क्लब काठमाडौं तथा उपविजेता चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं रहेको थियो ।