नाम्दु खोलाको पक्की पुल निमार्ण अन्तिम चरणमा



अजेन्द्र वाईबा तामाङ

फिदिमचैत,१४ । पाँचथरको फिदिम-लुङरूपा–गोरूवाले–सन्दकपुर सडकखण्ड अन्तर्गत नाम्दु खोलामा निर्माणधिन पक्की पुल अन्तिम चरणमा पुगेको छ ।


फिदिम नगरपालिका वार्ड नं. १ र फिदिम नगरपालिका वार्ड नं. ७ को संगम स्थल भएर बग्ने नाम्दु खोलामा पहिलो पटक पक्की पुल निर्माण गरिएको हो। पूर्वाधार कार्यालय पाँचथरको आयोजनामा सञ्चालित यस परियोजनाको निर्माण कार्य संजिव निर्माण सेवा प्रा. लि. फिदिम पाँचथरले गरिरहेको छ।
करिब ३ करोड ४५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको पुल आगामी २०८३ साल जेष्ठ महिनाभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ।
स्थानीयवासीका अनुसार पुल निर्माण सम्पन्न भएपछि यस सडक खण्डमा आवतजावत सहज हुने मात्र नभई फिदिम हुँदै लुङरूपा, गाेरूवाले, सन्दकपुर जाने यात्रामा समेत ठूलो सहजता आउनेछ। विशेषगरी वर्षायाममा खोलाको बहाव बढ्दा यातायात अवरुद्ध हुने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।
पूर्वाधार कार्यालय पाँचथरले निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र निर्धारित समयभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जनाएको छ। पुल निर्माण सम्पन्न भएसँगै स्थानीय बासिन्दाले वर्षौंदेखि भोग्दै आएको आवागमन समस्या समाधान हुने विश्वास गरिएको छ।