बिर्तामोड नगरपालिकाले तथ्यहिन समाचारको खण्डन गर्दै निकाल्यो विज्ञप्ति



कार्तिक १२ गते नेपाल प्रेस नामक न्युज पोर्टलले तथ्यहिन समचार सम्प्रेषण गरेर नगरपालिका को कर्मचारी लेखा शाखा प्रमुख तेजेन्द्र तामाङ र शिक्षा शाखाका प्रमुख तिलचन भण्डारी बिरुद्ध लेखिएको समचार तत्थहिन रहेको भन्दै नगरपालिकाले विज्ञप्ति निकालेका छन ।


उक्त समाचार को शिर्षकमा लेखिएको ”’बिर्तामोड नगरपालिका को लेखा प्रमुखको आतङ्क मेयर र हाकिमलाई हप्किदप्कि , सहयकर्मीलाई दुर्व्यवाहार ‘ भनि लेखिएको समाचार भ्रामक र बदनियत साद्न लेखिएको जस्तै देखिएको भन्दै नगरपालिका ले खेद जनाएको छ।

नेपाल प्रेस नामक अनलाइन समाचारमा लेखिएको जस्तो कुनै पनि हप्किदप्कि नहुने र कुनै किसिमका दुर्व्यावहार कसै प्रति नभएको र नियतबस लेखा प्रमुख र शिक्षा शाखा प्रमुख लाई बदनाम गर्न गलत सुचना प्रवाह गरेको भन्दै नगरपालिका ले विज्ञप्ति निकालेका छन ।
उक्त विज्ञप्ति मा भनिएको छ, कुनै पनि बिषयबस्तु नगरपालिका को बिषयमा लेख्दा आधिकारिक ब्याक्तिहरु संग सत्यतथ्य बुझेर मात्र लेख्न उक्त बिज्ञप्तिमा भनिएको छ।