जलहरीको विवाद आफूसँग सम्बन्धित नभएको ओलीले बताए।



काठमाडौं ,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जलहरीको विवाद आफूसँग सम्बन्धित नभएको बताएका छन्। पत्रकार संग कुरा गर्दै ओलीले भने प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै हो।

मैले त पशुपति विकास कोषलाई पैसा मात्रै दिएको हो। अरू काम उनीहरूले कस्तो गरे, के गरे मसँग सम्बन्धित विषय होइन। खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित विषय होइन नि’, उनले भने।

ओलीले शिल्यान्यसको कुरा गर्दै भने, उद्घाटन गर्नेको नाम लेख्ने चलन सबैतिर भएकाले जलहरीमा आफ्नो नाम लेखिनु स्वाभाविकै भएको ओलीले बताए।

उनले भ्रष्टाचारका पुराना फाइलहरू खुल्नु नियमित प्रक्रिया भएको र यस बर्तमान सरकारले प्रतिक्रिया दिन लायक कुनै काम गरेको छैन भन्दै ओलीले यो गठबन्धन स्वार्थले बनेको र स्वार्थ फुटेपछि सक्किने बताए।