प्रदेश न. १ को नाम कोशि राखिए पछि , पहिचानबादीहरु आन्दोलित बनेका छन भने आन्दोलन कै क्रममा एक जना को मृत्यु समेत भै सकेको छ र धेरै संख्यामा घाइते भएका छन्।

उक्त नामकरणमा असन्तुष्ट पहिचानपक्षले कोशी प्रदेश नाम खारेजीको माग गर्दै सरकारी कार्यालयहरूमा तालाबन्दी गर्ने, साइनबोर्ड फेर्ने र प्रदेश सरकारका मन्त्री र प्रदेशसभा सदस्य लक्षित विरोधका आन्दोलन जारी राखेका छन्।

केहि दिन अघि प्रदेश न. १ पुन नामाङ्कन सङ्युक्त संघर्ष समिति झापाले गरेको कार्यक्रम नयाँ सिरा देखि सुरु भएको र आन्दोलनलाई अझ प्रभावकारी ढङ्गले सुरुवात गर्ने भन्दै सरकारी कार्यलयहरु मा राखिएको बोर्डहरुमा कोशी नाम मेटाएर NO KOSHi लेखेका थिए ।




आज भएको प्रदेश न. १ पुन नामाङ्कन सङ्युक्त संघर्ष समिति ताप्लेजुङको कार्यक्रममा पनि परिवर्तन गर्न अर्को आन्दोलन थालनि भएको बताएका छ । जस अनुसार मदन भण्डारी लोकमार्गको नाम परिवर्तन गरेर काङ्सोरे बाजाङ आङ्बु हाङ लोकमार्ग नामाकरण गरिएको छ ।

प्राप्त जानकारी अनुसार प्रदेश न. १ पुन नामाङ्कन सङ्युक्त संघर्ष समिति ताप्लेजुङको पहलमा आङ्वुहाङ सेवा समाज वरिष्ठ उपाध्यक्ष उदय आङ्बुहाङको अध्यक्षतामा मौवा खोला हुँदै हिलेसम्म पुग्ने बाटो मदन भण्डारी लोकमार्गको बोर्डलाई हटाएर स्थानिय जनताको उपस्थितिमा काङ्सोरे बाजाङ आङ्देम्बे लोकमार्ग संघर्ष समितिका नेताहरुको सङ्युक्त बाहुलीबाट बोर्ड लगाएर उद्घाटन समेत गरेका छन।


त्यसैगरी प्रदेश न. १ पुन नामाङ्कन सङ्युक्त संघर्ष समिति ले अब अतिक्रमित गरिएका स्थानिय नामहरु क्रमिक रुपमा हटाउने तयारी रहेको कुरा संयुक्त संघर्ष समितिले जनाएको छ ।

प्रदेश न. १ पुन नामाङ्कन सङ्युक्त संघर्ष समिति को परिवर्तन को अर्को आन्दोलन थालनि भए संगै स्थानीय स्तरमा पहिचान मेट्याएर एकल जातिय नामाकरण गरिएको सबै मेटाइने बताए ।


