बिर्तामोड, भाद्र-१० । किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको नवौं जिल्ला अधिवेशन आगामी भदौ २० र २१ गते बिर्तामोड स्थित आदर्श ब्याङ्क्वेटमा हुने भएको छ। अधिवेशनबारे जानकारी दिन बुधबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमको तयारी तीव्र पारिएको जनाएको छ।

जिल्ला अध्यक्ष गणेशबहादुर राईका अनुसार २०७८ को जनगणनाको तथ्यांक अनुसार झापामा करिब झन्डै ६० हजार किरात राई समुदायको बसोबास रहेको बताउदै त्यस्मा २६ भाषी राईमध्ये अधिकांश भाषीको झापामा बसोबास रहेको पनि उनले जानकारी दिए।
यायोक्खाका जिल्ला सचिव गौरीमान राईले प्रकृतिसँगको निकटता, आफ्नो कुल धर्म तथा संस्कृति र पहिचान प्रतिको आस्था र सबै जातजाति तथा धर्म–सम्प्रदायप्रति मित्रवत् व्यवहार किरात राई समुदायको विशेषता रहेको बताए। उनले सुनसरीको धरानस्थित रहेको किरात समुदायको साझा ऐतिहासिक सांस्कृतिक स्थल विजयपुर दरबार क्षेत्रमा केही परिचालित व्यक्तिहरुले किरात राई समुदायलाई लक्षित गरि सांस्कृतिक आक्रमण गर्न खोजीरहेको घट्ना सुनाउदै त्यस घट्नालाई किरात राई यायोक्खा झापाले गम्भीर रूपमा हेरिरहेको बताए ।
अधिवेशन सम्पन्न गर्न लिलाबहादुर राईको संयोजकत्वमा तयारी उपसमिति, गौरीमान राईको संयोजकत्वमा आर्थिक उपसमिति, सन्देश राईको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, चिजा राईको संयोजकत्वमा अतिथि सत्कार उपसमिति तथा सुनिल राईको संयोजकत्वमा युवा तथा स्वयंसेवक उपसमिति गठन गरिएको छ।
यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताछो राईको प्रमुख आतिथ्यतामा हुने अधिवेशनका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ। अधिवेशनले नयाँ जिल्ला कार्यसमिति चयन गर्नेछ। वर्तमान अध्यक्ष गणेशबहादुर राईले आफू पुनः अध्यक्ष पदमा दोहोरिन सक्ने संकेत गरेका छन्। साथीहरूले भन्नुभयो भने एक कार्यकाल दोहोरिन सक्छु। तर सक्षम सक्षम साथीहरू संगठनको हितका निम्ती ठोस योजना सहित आए आफु रहिरहनु जरुरी नरहेको पनि बताए ।
प्रचार–प्रसार उपसमिति संयोजक सन्देश राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष गणेशबहादुर राई, सल्लाहकार दिपिन राई, जिल्ला सहकोषाध्यक्ष आनन्द राई तथा बिर्तामोड नगर अध्यक्ष बेनु राईको उपस्थिति थियो। कार्यक्रम जिल्ला सचिव गौरीमान राईले सञ्चालन गरेका थिए


