नयाँ सरकारको तयारीमा नेपाली कांग्रेस ।



नेकपा एमाले नेतृत्वमा रहेको सरकार ढलेपछि ,नेपाली कांग्रेसले कोसी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वमा रहेको सरकारले विश्वासको मत पाउन नसकेपछि गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो। कोसी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए।

कांग्रेसले कोसीमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएसँगै दलहरुले आ–आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका छन्। ९३ सदस्यीय कोसी प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य चाहिन्छ। कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जसपाका एकजना प्रदेश सभा सदस्य छन् भने एमालेका ४० र राप्रपाका ६ सदस्य छन्।