झापा बिर्तामोड ।
बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईले आफ्नो वाडा भित्र भएको विभिन्न योजनाहरुको अनुगमन गरेका छन्।
वडाअध्यक्ष प्रसाईले कार्य सम्पन्न भएका नाली, कल्भर्ट तथा पेर्वस लगाइएका सडकहरुको अनुगमन गरीएका हो।


रोड नम्बर १ र फुलबारी मार्ग रोड नम्बर ३मा निर्माण भएका २ वटा कल्भर्ट रहेका छन् । यसमा प्रदेश सरकार र उपभोक्ताको लगानि छ ।

यस्तै नगरपालिका र उपभोक्ताको लगानिमा निर्माण गरिएको धर्मकाँटा रोड नम्बर ३को १ सय १५ मिटर नाला, धर्मकाँटा रोड नम्बर ६मा निर्माण गरिएको १ सय मिटर नाला र फुलबारी मार्गमा लगाइएको ३ सय २६ मिटर पेर्वस रहेको छ।

वडा नम्बर ५मा यस वर्ष सञ्चालित सबै योजनाहरु सम्पन्न भइसकेको वडाअध्यक्ष प्रसाईले जानकारी दिनु भयो ।


