झापा बिर्तामोड।
झापाको बिर्तामोडमा करेन्ट लागेर आज एक मजदुरको मृत्यु भएको छ , मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ बस्ने ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन् ।

बिर्तामोड–२ स्थित घैलाडुब्बा–बिर्ताबजार सडक निर्माणको क्रममा प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर बाट फ्याँक्ने हुदा राजवंशीलाई करेन्ट लागी घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो ।



