रूपा लिम्बु हत्या प्रकरणका फरार प्रतिवादी पक्राउ



अजेन्द्र वाईबा तामाङ


साउन ७,तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–६, सिमखर्कमा ५२ वर्षीया रूपा लिम्बुको हत्या गरी फरार रहेका प्रतिवादी पक्राउ परेका छन्।


जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय, सक्रान्तिबजारको संयुक्त प्रहरी टोलीले ३८ वर्षीय कृष्णबहादुर पौठाकलाई पाँचथरको हिलिहाङ गाउँपालिका–५, सुम्लिबुङमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
प्रहरीका अनुसार साउन ६ गते रूपा लिम्बुको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। घटनापछि फरार रहेका आरोपितलाई खोजी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
पक्राउ परेका प्रतिवादीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, तेह्रथुम पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।