बिर्तामोडमा ठुलो मात्रामा ब्राउन सुगर सहित एक ब्याक्ति पक्राउ



झापा ।

बिर्तामोडमा प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित २५ वर्षीय रोशन थापालाई पक्राउ गरेका छ । बिर्तामोड नगरपालिका वडा न. ३ बिराट आदर्श टोल स्थित थापालाई संका लागी चेक जाज गर्दा थापाका साथ बाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

जिल्ला बैतडी दशरथचन्द नगरपालिका वडा नम्बर ८ त्रीपुरा सुन्दरी घर बताउने थापाका साथबाट ३९ ग्राम ब्राउनसुगर फेला परेको प्रहरी बताएका छ ।

मंगलबार बिहान ईलाका प्रहरी कार्यलय बिर्तामोड बाट खटिएका प्रकास बिष्टका टोलीले थापालाई पक्राउ गरेको हो । यस सम्बन्धमा इलाका प्रहरी कार्यलय बिर्तामोडमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।