लागूऔषध र नगदसहित समातिए आकाश राई



धरानको देउरालीबाट प्रहरीले लागू औषधसहित राईलाई पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका वडा नं. ५ देउरालीमा लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले एकजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ पर्नेमा २६ वर्षीय आकाश राई रहेका छन् । उनको घरकोठामा खानतलासी तथा चेकजाँच गर्दा निजले लुकाईछिपाई राखेको लागूऔषध ट्रामनिल ४६ क्याप्सुल, डिसिकोल्ड ४४ ट्याब्लेट, केट्रोल्याक ३८ ट्याब्लेट र नगद १० हजार पाँच सय फेला परेको प्रहरीले जनाएको छ ।

सो लागूऔषध र नगदसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरान सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको डिएसपी भीषणबाबु राईले जानकारी दिए ।