दुई पालिकाको सिमानामा डुबान समस्या समाधानका लागी समिति निर्माण ।



झापा, असार ७

बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा नगरपालिका ११ को सिमानामा ढल निर्माण गर्नका लागी बिहीबार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईँ र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव तामाङ गोमदेनको नेतृत्वमा बर्खा सिजनमा डुबानहुने स्थान अनुगमन गरी समिति निर्माण गरिएको छ ।

अर्जुनधारा ११ का वडाअध्यक्ष खगेन्द्र ईङनामको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको हो।
सदस्यहरूमा बिर्तामोड ५ का वडाअध्यक्ष रोहित प्रसाईँ, अर्जुनधारा ६ का वडाअध्यक्ष हरिसचन्द्र बास्तोला , अर्जुनधारा ११ का टेकराज लिम्बु , बिर्तामोड ५ का गोपाल विमली, अर्जुनधारा ११ का सुरेन्द्र बहादुर लिम्बु र अर्जुनधारा ११ वीर बहादुर राई रहेका छन् ।

दुई पालिकाको सिमानामा रहेको क्षेत्रमा बर्खाको सिजनमा अत्यधिक डुबान हुने समस्या रहँदै आएको हुनाले बिर्तामोड नगर र अर्जुनधारा नगरपालिका को समन्वय मा समिति निर्माण गरी उक्त समस्या समाधानका लागी दुई पालिका सकरात्मक रहेको बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रोहित प्रसाईले जनाए ।