विन्ध्यावासिनी सिंहदेवि मन्दिरमा विदुषी राधिका दासको भागवत वाचनमा सप्ताह ज्ञान महायज्ञ हुने



अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिका वार्ड नं. ४ भाङ्बारिमा रहेको श्री विन्ध्यावासिनी सिंहदेवि मन्दिरमा आगामी चैत्र १० गते देखि १६ गते सम्म चर्चित कथा वाचिका विदुषी राधिका दासको भागवत वाचनमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएकोछ ।

मंग्लवार मन्दीर परिसरमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका अध्यक्ष मनोज जोशीले उक्त कार्यक्रमबारे जानकारी गराएका हुन् । मन्दिर व्यवस्थापन समितीनै महायज्ञ सन्चालनको मुल आयोजक समिति रहेको समितिमा अर्जुनधाराको ११ वटै वार्डलाई समेटेर विभिन्न उपसमितिहरु निर्माण गरिएको समेत उनले बताए ।

कुल २० लाख रुपैयाँ खर्चमा सप्पन्न गरिने र ५० लाख रुपैयाँ भन्दा माथी संकलन गरिने लक्ष्य रहेको महायज्ञको प्रमुख उदेश्यहरु वैदिक शनातन धर्मको संरक्षण तथा सम्वर्दन गर्न, एक धामकै रूपमा विकास हुँदै गरेको विन्ध्यावासिनी मन्दिरको बृहत्तर विकास गर्न, गरिब र विपन्न वर्गका नागरिकको लागि अक्षयकोष निर्माण गर्न र भविष्यमा विन्दाचन्द पर्वतको निर्माण गर्ने समेत रहेको अध्यक्ष जोशीले बताए ।

महायज्ञ अवधिभर दैनिक विहान ११ बजे देखि ३ बजे सम्म पाठ पारायण, चण्डीपाठ र प्रवचन आयोजना हुने छ भने बेलुका ७ बजे देखि १० बजे सम्म कथा, माहात्म्य र भजन कृतिन सहित झाँकी प्रर्दशनी जस्ता कार्यक्रम आयोजकले तय गरेको छ ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि अर्जुनधारा जलेश्वर धामका मूल पुजारी अग्नि सिग्देलले अर्जुनधारा जलेश्वर धाममा दैनिक सयौँ भक्तजनहरू आउने गरेका र विन्ध्यावासिनी मन्दिरमा आयोजना हुने धार्मिक अनुष्ठान सम्म ति भक्तजनहरूलाई ल्याउन भूमिका निर्वाह गर्ने बचन दिएका छन् । त्यस्तै विशिस्ट अतिथि वार्ड नम्बर ४ का वार्ड अध्यक्ष अमरबहादुर कटुवालले अर्जुनधाराकै एक धार्मिक पहिचान बनाउन सफल भएको विन्ध्यावासिनी सिंहदेवी मन्दिरको भौतिक विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाए।