बिराटनगर।
कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्की २०७९ पुस २४ गते नियुक्त भएका थियो। मुख्यमन्त्री हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री भएको १७४ दिनमा सरकार बाट बाहिरिनु परेको छ्।

प्रदेशसभामा एमालेका ४० राप्रपा ६ कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १२ (सभामुख बाहेक), नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टीको १ गर्दा ९३ जना सांसद रहेको प्रदेशसभामा बहुमत पुर्याउनका लागि ४७ सांसद आवश्यक पर्दथ्यो ।

बिहीबारको प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेको थियो तर उक्त विश्वासको मतको पक्षमा ४६ मत मात्रै पुगेको छ भने विपक्षमा भने ४३ मत परेको छ ।

यो सँगै कार्की नेतृत्वको सत्तायात्रा छोटो अवधिमै बहिर्गमनमा परिणत भएको छ।


