कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्किलाई ४६ जनाले विश्वासको मत दिएको थियो भने विपक्षमा ४३ जनाले मतदान गरेका थिए । बहुमतका लागि ४७ मत चाहिन्छ ।
आजको मतदानमा ३ जना प्रदेश सांसदले भाग लिएनन् । कांग्रेस र माओवादीका दुई सांसद मतदानमा अनुपस्थित भएका थिए ।

त्यस्तै जसपाले प्रदेश सरकारको पक्ष वा विपक्षमा मत नहाली तटस्थ बस्ने निर्णय लिएको थियो । प्रदेशसभामा एमालेका ४० राप्रपा ६ कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १२ (सभामुख बाहेक), नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टीको १ गर्दा ९३ जना सांसद रहेको छ। उक्त कोशी सरकार मा एमाले र राप्रपा को गरी ४६ साम्सद पुग्छ भने अन्य दलहरुको पनि ४६ सांसद नै रहेको छ जसमा जसपाकी एकमात्र सांसद निर्मला तावा लिम्बुले एमालेले प्रदेशको नाम फेर्न नमानेकाले विश्वासको मत नदिएको बताए।

त्यस्तै जसपाकी सांसद निर्मला तावा लिम्बुले प्रदेशको नाम सम्सोधन गरी पहिचानको आधारमा ‘किराँत लिम्बूवान’ नाम राख्ने भएमात्रै नयाँ सरकारलाई समर्थन गर्ने बताइन्। हिम्मत कार्की नेतृत्व को सरकार लाई बिश्वासको मतको लागी एक भोट नपुगेर आज कोशी प्रदेश सरकार ढलेको हो ।

यस अघि हिक्मत कार्कीको सरकारमा मन्त्रीसमेत रहेकी लिम्बू प्रदेशको नामकरणलाई लिएर रुष्टममा नै रुँदै विरोध जनाएकी थिइन् । अहिलेको उनको तटस्थता पनि नामकरणसँगै जोडिएको छ । कोशी नाम फेरेर पहिचानको आधारमा ‘किराँत-लिम्बूवान’ राख्नुपर्ने बताउदै आएकी लिम्बू जुन पक्षले यो मागको सम्बोधन गर्छ, उसैलाई समर्थन गर्ने बताउँछिन् ।

एमाले सरकार ढलेपछि अब बन्ने नयाँ सरकार निर्माणका लागि पनि लिम्बूको मत अति आवश्यक छ। तर, उनी नामकरणको माग सम्बोधन नगरे अर्को गठबन्धनलाई पनि समर्थन नगर्ने बताउँछिन् ।


