अजेन्द्र वाईबा तामाङ
वैशाख २७, पाँचथर। पाँचथरको फिदिममा लागु पदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धी वृहत सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
हुलाक लाइन युवा क्लब पाँचथरको आयोजना तथा फिदिम नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी निकाय, राजनीतिक दल, शैक्षिक संस्था तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
त्यस्तै कार्यक्रमलमा जिल्ला प्रशासन कार्यालय पाँचथर, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल हिमशिखर गुल्म लगायत अन्य विभिन्न संस्थाहरूको समेत सहकार्य रहेको थियो भने कमल थपलिया, राजन काफ्ले र राजेन्द्र अधिकारी लगायत सामाजिक क्षेत्रका व्यक्तिहरुले पनि सहयोग पुर्याएका थिए ।
फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, प्रहरी निरीक्षक दिनेश तिम्सिना, सशस्त्र प्रहरी निरीक्षक नरेश राना मगर, फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद भट्टराई, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख दुर्गा चापागाईं लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी राजनीतिक दलहरुको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति प्रकाश गुरुङ, नेपाली कांग्रेसका सभापति रूपनारायण जबेगु, नेकपा एमालेका अध्यक्ष बिमल सापकोटा तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विशाल रसाइलीलेको समेत उपस्थिति रहेकोे थियो । कार्यक्रममा फिदिम नगरपालिका–१ का वडा अध्यक्ष गजाधार भट्टराई, वडा नं. ४ का अध्यक्ष उपेन्द्र लावती, संस्थापक संरक्षक सूर्यकुमार निरौला तथा फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी भण्डारीको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमअन्तर्गत फिदिम–१ स्थित शिवालय मन्दिर परिसर सरसफाइ गरिएको थियो। त्यसपछि फिदिम माध्यमिक विद्यालय, सुखबोध माध्यमिक विद्यालय, गढी माध्यमिक विद्यालय, विधावरदान बोर्डिङ स्कुल तथा नीलकण्ठ इङ्लिस स्कुलका विद्यार्थी तथा शिक्षकहरूको सहभागितामा र्यालीले फिदिम बजार परिक्रमा गर्दै नगरपालिकाको सभाहलमा पुगेर औपचारिक कार्यक्रमको रूप लिएको थियो।
कार्यक्रममा प्रिम्युष भुटियाले लागू पदार्थ दुर्व्यसनविरुद्ध विशेष सन्देश दिँदै युवापुस्तालाई सकारात्मक बाटोमा अघि बढ्न आग्रह गरेका थिए।
हुलाक लाइन युवा क्लबका अध्यक्ष सूर्य नेम्वाङ तथा सचिव राजन त्रिखत्रीको सक्रिय नेतृत्वमा सम्पन्न कार्यक्रमले समाजमा लागू पदार्थ दुर्व्यसनविरुद्ध जनचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।



