विधान अधिवेशनको पुर्व सन्ध्यामा जसपा केन्द्रीय समितिको बैठक बस्दै: drishyaonline.com



काठमाडौं । जनता समाजवादी पार्टि, नेपाल (जसपा) को केन्द्रीय समितिको बैठक आज काठमाडौको बुद्दनगर स्थित क्वालिटी ब्याङ्कुइट्मा बसेको छ। बैठकमा आइतबारदेखि सुरु हुने विधान अधिवेशन बारे, समाजवादी मोर्चा निर्माण र कार्यकारिणी समितिले गरेका निर्णय अनुमोदन लगायतका विषयमा छलफल हुने बताईएको छ ।

आइतबारको विधान अधिवेशनमा केन्द्रीय समितिका ४२३ सदस्य साथै प्रदेश समिति, राष्ट्रिय समिति, विशेष प्रदेश समिति, जिल्ला समिति, महानगर, भ्रातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनीत हुने १० जनासहित ७७८ प्रतिनिधि सहभागी हुने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

पार्टिको अधिवेशनमा केन्द्र, प्रदेस, जिल्ला, महानगर र भातृ सङ्गठन लगायतका सहभागी प्रतिनिधिलाई ११ समूहमा विभाजन गरेर विधानमाथि छलफल हुने बस्नेतले जनाइएको छ ।