मुद्धा बालेन बिरुद्ध नभएर देश बिरुद्ध को अपमान भन्दै झापामा र्याली ।



झापा, असार १०

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह विरूद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि , उनको सर्मथकले आज झापा बिर्तामोडको बसपार्क बाट मुद्दा खारेजीको माग गर्दै , ट्याक्सी ब्यावसायी, अटो ब्यावसायी, ब्यापारी र बालेन शाहको समर्थकहरुले र्याली निकालेको थियो।

उक्त र्यारी बसपार्क बाट मुक्तिचोक परिक्रमा गरी शैनिक मोड , चारपाने रामचोक हुदै शनिचरे बाट बसपार्कमा पुगी कोणसभामा परिणत भएको थियो।

कार्यक्रम को नेतृत्व गर्नुहुने गोबिन तामङ ले चेतावनी स्वारुप निकालिएको कार्यक्रम मात्र भएको जनाए, तामाङले देश प्रेमी जो कोही बिरुद्ध सडियन्त्र गर्छन भने हामि चुपलागेर नबस्ने र यस्ता गतिबिधी गर्ने रास्ट्रीयघातीहरुलाई कठलो समाएर कालो मोसो दल्दै देश द्रोही करार गर्ने जानकारी दिए।

मेयर बालेन शाह चर्चामा आई रहेन पात्र हुन। त्यस्तै बालेनले केही दिनअघि आफ्नो कार्यलयमा ग्रेटर नेपालको नक्सा राखेर भारतलाई अखण्ड भारत को जवाफ ईटका बदला पथर से भने झै दिएका थिए ।
हालै प्रदशनमा आएको दक्षिण भारतिय फिल्म आदिपुरुष मा सितालाई भारत को छोरी भनिएको शब्दमा आपत्ति जनाउदै महानगरका कुनै पनि हलहरुमा आदिपुरुष चल्न रोक लगाए पछि ।

सिनेमा हल व्यवसायीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्धा बालेन बिरुद्ध नभएर देश माथि को अपमान भएको तामाङ लेबताए।
उक्त मुद्धा खारेज नगरीए कडा प्रतिकारमा उत्रीने चेतावनी तामाङले दिए।